वाइसिएल र तरुण दलवीच झडप : दोलखा

१९ जेठ, दोलखा । दोलखामा एकीकृत माओवादीको युवा संगठन वाइसिएल र काँग्रेस निकट तरुण दलका कार्यकर्तावीच झडप भएको छ । कवाडी सामान निकासीको विषयलाई लिएर दोलखाको चरिकोटमा दुई दलका कार्यकर्ताबीच आइतवार झडप भएको हो । झडपमा दुवै पक्षका केही कार्यकर्ता घाइते भएका छन् ।
झडपपछि सदरमुकाम चरिकोट बजार तनावग्रस्त बनेको छ । झडपपछि चरिकोट बसर्पाक क्षेत्रको बजार बन्द भएको छ ।रामेछापको नामाडीमा द्वन्द्वका क्रममा माओवादीले जलाएको डोजरको कवाडी सामानलाई अवैध ढङ्गले तरुण दलका कार्यकर्ताले निकासी गर्न खोजेपछि वाइसिएलले त्यसलाई रोक्न खोजेपछि झडप भएको हो ।
तरुण दलका जिल्ला अध्यक्ष सानु शेर्पाले वाइसिएलका जिल्ला संयोजक नवीन जिरलमाथि हातपात गरेपछि झडप सुरु भएको हो । स्थिति नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ 

news and entertainment