नक्कली भारतीय रुपैया सहित दुई युवक पक्राउ

बिजय चौहान।वीरगन्ज। जिल्ला प्रहरी कार्यालय पर्साले एक लाख ८७ हजार रुपैयाको भारतीय नक्कली नोट सहित दुई जना युवकलाई पक्राउगरी आज सार्वजनिक गरेको छ । प्रहरीले वीरगन्ज उपमहानगरपालिका वाड नं. १३ मा पर्ने ठाकुरराम बहुमुखी क्याम्पस चोकबाट मंगलबार राती विषेश सुराकीको आधरामा घडिअर्वा निवासी वर्ष २२का अंगद शर्मा र भारतको विहार सितामढी जिल्ला बैरगनिया घर भई हाल घडिअर्वामै बस्दै आएका वर्ष २५का जितेन्द्र सिंहलाई पक्राउ गरेको हो।
क्याम्पस चोकमा केही युवकहरु भरतीय रुपैयाँ साटिरहेको पुर्व सुचनाको आधारमा प्रहरी घटना स्थलमा पुग्दा बा.४९ प १०५२ नम्बरको मोटसाईकलमा सवाररहेका शर्मा र सिंहलाई रोकी चेकजाँच गर्दा जिनहरुको शरिरबाट हजार दरका एक सय ८७ थान नक्कली नोट बरामद भएपछि आवश्यक कारवाहीको लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरिक्षक धिरजप्रताप सिंहले जानकारी दिनुभयो।
पक्राउ परेका शर्मा वीरगन्जको आर्दशनगरमा आल्मुनियमको पसल संचालन गरि बसेका व्यपारी रहेका छन् भने सिंह आदर्शनगरमै रहेको एक फार्ममा गाडको काम गर्दै आएको अनुसंधानबाट खुलेको उपरिक्षक सिंहले बताउनु भयो।घटनाबारे थप अनुसंधान भई रहेको प्रहरीले जनाएको छ। प्रहरीले अभियुक्तहरुबाट चार थान मोबाइल र एक थना मोटरसाईकल समेत बरामद गरेको उपरिक्षक सिंहले जनाकारी दिनुभयो। अभियुक्तहरु मथि खोटा चलन मुद्दा चलाउने तयारी गरेको प्रहरीले जनाएको छ।
www.hamrakura.com

, ,

news and entertainment