सुजाताले भनिन्, मेरो एक्सपर्टिज परराष्ट्रमै हो, मलाई उपप्रधानसहित परराष्ट्रमन्त्री

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले आफ्नो विज्ञता परराष्ट मामिलामा भएको दावी गर्दै वर्तमान सरकारको परराष्टमन्त्री पदमा दावी गरेकी छन्।


संविधानसभाको बैठकमा सहभागी भएर बाहिरिने क्रममा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै कोइरालाले भनिन्, 'मेरो विज्ञता (एक्सपर्टिज) नै परराष्ट्रमा हो, त्यसैले मलाई उपप्रधानमन्त्री सहितको परराष्ट्र मन्त्रालय हुनुपर्छ।'

तपाईँले कहिले सपथ ग्रहण गर्दै हुनुहुन्छ भन्ने प्रश्नको जवाफमा उनले साता दश दिन लाग्ने बताइन्।

मन्त्रिमण्डलको विस्तारमा भएको अबरोधबारे प्रतिक्रिया दिँदै उनले भनिन्, 'एमालेलाई गृहमन्त्रालय दिने भनी सहमति भएको हो भने उनीहरुलाई गृह दिएर भएपनि सरकारमा ल्याउनु पर्छ।'

पार्टीभित्रका अधिकांश नेताहरुले एमालेलाई गृहमन्त्रालय दिन नहुने अडान लिइरहेका बेला कोइरालाले सरकारको स्थायीत्व र संविधान निर्माण गर्न एमालेलाई गृह दिँदा कुनै असर नपर्ने भनाई राखेकी थिइन्।
setopati.com

,

news and entertainment