दश महिना २८ दिनपछि रेग्मीले लिए बिदा; प्रधानन्यायाधिशबाट राजीनामा
काठमाडौं। अन्तरिम चुनावी परिषदका अध्यक्षका रुपमा शपथ ग्रहण गरेर सत्ता सम्हाल्न आइपुगनुभएका खिलराज रेग्मी आफूले पाएको संविधानसभाको चुनाव गराउने जिम्मेवारी पुरा गरेर दश महिना २८ दिनपछि विदा हुनुभएको छ। २०६९ चैत १ गते प्रधानन्यायाधीश खिलराज रेग्मीले अन्तरिम चुनावी परिषदका अध्यक्षका रुपमा शपथ ग्रहण गर्नुभएको थियो।
चुनावी सरकारमा पूर्प प्रशासकहरुको ११ सदस्यीय मन्त्रिपरिषदको नेतृत्व गर्दै रेग्मीले सरकार सञ्चालन गर्नुभएको थियो। सरकार बन्ने दिन नेकपा–माओवादीसहितका दलहरुको व्यापक अवरोध चिर्दै सत्तारोहण गरेपनि सरकाबाट वहिर्गमन गर्ने दिन सिंहदरवारमा शान्त रुपमा पत्रकार सम्मेलन गरि वाहिरिनुभएको छ। पत्रकार सम्मेलनमा उहाँले सर्वोच्च अदालत नजाने घोषणा पनि गर्नुभएको छ। उहाँले आजैका मितिबाट लागू हुनेगरि प्रधानन्यायाधिश पदबाट राजीनामा दिएको घोषणा समेत गर्नुभयो।
सरकारबाट बाहिरिनुअघी मंगलवार नै रेग्मीले राष्ट्रपति डा रामवरण यादवसँग भेट्नुभएको थियो। भेटमा राष्ट्रपति यादवले संविधानसभाको चुनाव गर्ने जिम्मेवारी सहित सरकामा जानुभएका रेग्मी नेतृत्वको सरकारलाई आफ्नो जिम्मेवारी पुरा गर्न सकेकोमा धन्यवाद दिनुभएको थियो।
यसअघी खिलराज रेग्मी नेतृत्वको मन्त्रिपरिषदको अन्तिम बैठक सिंहदरबारमा बसेको थियो। बैठकले कांग्रेस सभापति सुशील कोइरालालाई प्रधानमन्त्रीको रुपमा शुभकामना दिदै धन्यवाद ज्ञापन गर्दै आफ्नो कार्यकाल सफल भएको निश्कर्ष निकालेको छ।
www.hamrakura.com

