बाराक ओबामा बियोन्सको गहिरो प्रेममा

केही चर्चित संचारमाध्यमहरुले अमेरिकाका राष्ट्रपति बाराक ओबामा र विश्व प्रसिद्ध गायिका वियोन्स गहिरो प्रेम सम्बन्धमा रहेको खुलासा गरेका छन् ।


बियोन्स र ओबामा पत्नी मिसेल ओबामा निक्कै राम्रा साथी पनि हुन् । बाराक ओबामालाई राष्ट्रपतिको दोश्रो कार्यकालका लागि जिताउन मिसेल र बियोन्सका पति खुलेरै लागेका थिए ।
केही समय अघिमात्र मिसेलले आफ्नो जन्मदिन मनाउने क्रममा बाराक ओबामा र बियोन्स निक्कै नजिक भएको बताइएको छ । केही संचारमाध्यहरुले दुईजनाको गोप्य तस्बिर सार्वजनिक गर्दै उनीहरु गहिरो प्रेममा रहेको खुलाएका छन् । यो समाचार सार्वजनिक भएसँगै राष्ट्रपति ओबामा तनावमा रहेको संचारमाध्यहरुले जनाएका छन् ।
यतिबेला पश्चिमेली देशका केही संचार माध्यहरुले ओबामा र बियोन्सको प्रेम चर्चालाई उचाइमा पुर्‍याइरहेका छन् । ओबामाका समर्थकहरुले राष्ट्रपतिको पनि व्यक्तिगत जीवन हुने भन्दै यसलाई सामान्य भनेका छन् । तर, धेरैले भने राष्ट्रपति जस्तो व्यक्तिले यस्तो गर्न नहुने तर्क गरिरहेका छन् ।
केही समयअघि मात्र फ्रान्सका राष्ट्रपति र एक नायिकाको प्रेमसम्बन्धको खबर बाहिर आएपछि उनले आफ्नी श्रीमती  छाड्नुपरेको थियो ।

, ,

news and entertainment