नेताका दबाब नमान्न' प्रहरी प्रमूखको निर्देशन
प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले बरिष्ठ प्रहरी अधिकारीहरुलाई
भेटेर कसैको पनि दबाब नमान्न निर्देशन दिनुभएको छ । उपत्यका प्रहरी
कार्यालयका प्रमुखहरूसँगको भेटमा अर्यालले कानुन कार्यान्वयनका
आइजिपी अर्यालले राजनीतिक, व्यक्तिगत र संगठनका माथिल्लो तहका कुनै अधिकारीले व्यक्तिगत रूपमा कुनै काम गर्न दबाब दिए नटेर्न निर्देशन दिनुभएका हो । अर्यालले भन्नुभयो म पनि दबाब दिन्नँ, अरुबाट दबाब आयो भनेर जसले काम गर्छ त्यसको भागिदार उही बन्छ।’
आजिपीको यस्तो निर्देशनको कार्यक्रममा महानगरीय प्रहरी आयुक्त कार्यालय मातहतका महानगरीय ट्राफिक प्रहरी महाशाखा तथा आयुक्त कार्यालयका प्रमुख, काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख र गण प्रमुख उपस्थित थिए ।
आइजिपी अर्यालले उपस्थित प्रहरी अधिकारीहरुलाई दबाबमा परेर काम गरे कारबाहीको दायरामा समेत ल्याउने चेतावनी दिंदै अर्यालले भन्नुभयो राजनीतिक, व्यक्तिगत र संगठनका माथिल्लो तहका कुनै अधिकारीले व्यक्तिगत रूपमा कुनै काम गर्न दबाब दिए नटेर्नु ।
ट्राफिक प्रहरीमा पैसा असुल्ने प्रवृत्ति केही घटे पनि पूर्ण नियन्त्रणमा नआएको भन्दै आइजिपी अर्यालले त्यस्ता गतिविधिमा लाग्नेलाई कारबाहीको दायरामा ल्याएर सेवा प्रवाहमा सुधार गर्न निर्देशन दिनुभएको थियो ।

