अनसनमा बसेको छोरो डा. केसीलाई उहाँको आमा के भन्नुहुन्छ ?

काठमाडौ । अठत्तर बर्षीया मित्र कुमारी खत्री (के.सी) रामेछापको माकादुम गाँउ बिकास समितिमा एउटा भैसी र दुईवटा खसी पालेर एक्लै बस्दै आउनुभएको छ । उहाँको कोही नभएर एक्लै बस्नु भएको भने होइन । उहाँका तीन जना छोरा काठमाडौमा नै बस्ने गर्छन् । दुई वटी छोरीले पनि बिवाह गरेर गइसके । श्रीमान परलोक गएपछि आफ्नो सबै काम आफै गरेर बस्दै आउनुभएको छ ।
Dr-Govinda-KC-Motherउहाँलाई छोराहरुलेसगै बसौ भनेर नभनेका पनि होइनन्, माकादुमको माटो, बोटबिरुवा, छरछिमेक, बस्तुभाउ सबैको मायाले उही बस्न मन लागेको बताउनुहुन्छ । गाँउले परिवेश मन पराउने यी आमा अहिले त्रि.बि शिक्षण अस्पतालको सुधारको माग राख्दै ज्यान नै जोखिममा पारेर अनसनमा बस्नुभएको आफ्नो जेठो छोरा भेट्न रामेछापबाट काठमाडौ आउनुभएको छ ।
प्रा.डा. गोबिन्द के.सी जस्तो महान छोरा जन्माउने यिनै आमा आफ्नो छोराकोबारेमा के भन्नुहुन्छ त ? हाम्रा कुरा डट कमका सहकर्मीहरुले उहाँसग कुराकानी गर्नुभएको छ । सोही कुराकानीका केही अंशहरु ।
www.hamrakura.com

,

news and entertainment