छोरीले प्रेम बिवाह गरेपछि आमाले गरिन आत्महत्या
१ चैत , एजेन्सी । आफ्नो जेठी छोरीले प्रेम बिवाह गरेपछि तनावमा रहेकी आमाले आत्महत्या गरेकी छिन् । यो घटना दिल्लीको नरेला भन्ने ठाँउको हो । छोरीले प्रेम बिवाह गरेकै कारण आफु अपमानित भएको महसुस गरकी ३५ बर्षीय सजना नाम गरेकी महिलाले विष सेवन गरि आत्महत्या गरेकी हुन् ।
उनीले आफु लगायत अरु दुई सन्तानलाई पनि विष खुवाएकी थिइन् । अचानक सजनाको घरबाट केहि खसेको आवाज आएपछि छिमेकी जम्मा भएका थिए । जब छिमेकीहरु उनको घरमा पुगे तब सजना बेहोस अवस्थामा भुईमा लडेकी थिईन्,त्यतिबेला नै उनको मृत्यु भईसकेको थियो तर साना छोरा-छोरी छटपटाई रहेको अवस्थामा भेटिएका थिए ।
सजनाका १४ वर्षिय माईली छोरी भावना र १० बर्षका कान्छा छोरा अंशुलाई गम्भिर हालतमा अस्पताल लगिएको थियो।छिमेकीका अनुसार सजनाकी जेठि छोरीले तीन दिन पहिला प्रेम बिवाह गरेकी थिईन् ,यसैका कारण सजना निक्कै नै चिन्तित थिईन् ,यसै कारणले उनले आत्महत्या गरेकी हुन सक्ने छिमेकीको भनाई छ।
सजना आफ्नी १६ बर्षीय जेठी छोरीको प्रेम बिवाहको विरोधमा थिईन् । यहि कारण सजनाकी जेठी छोरीले पूल माथिबाट हाम फालेर अत्महत्या गर्ने प्रयास गरेकी थिईन् तर उनकी जेठी छोरीले भने प्रेम बिवाह गरेरै छाडिन् । हाल प्रहरीले यस विषयको छानवीन गरिरहेको छ।
