६ महिनाका छोरालाई भुईमा पछारेर मारे आफ्नै बाबुले
सुनसरीमा एक बाबुले आफ्नै ६ महिनाका छोरालाई भुईमा पछारेर हत्या गरेका छन् । सुनसरी जिल्लाको पाँचकन्या ३ का ४५ वर्षका हस्तबहादुर कार्कीले रक्सीले मातेका अवस्थामा ६ महिनाका छोरालाई भुईमा पछारेको र छोराको घटनास्थलमा नै ज्यान गएको प्रहरीले जनाएको छ ।
कार्कीले आफ्नी २२ बर्षिया श्रीमती सरु कार्कीलाई काठ तास्ने बसिलाले टाउकोमा प्रहार गरी घाइते पनि बनाएको छन् । घाइते सरुको स्थानीय मेडिकलमा उपचार भई रहेको छ । कार्कीलाई ईलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको छ ।
