यौन सम्पर्कमा चरम सन्तुष्टीका लागि जोडीलाई अति उपयोगी २१ टिप्स
प्रत्येक विवाहित दम्पतिको जीवनको अनिवार्य हिस्साको रुपमा यौन सम्पर्कलाई लिन सक्छौं । यौन सम्पर्क सम्बन्धि खोजकर्ताहरुको अनुसार जीवनमा संतोषजनक यौन सम्पर्कले तनावहरुलाई मेटाउनमा सहयोग पुरयाँउदछ भन्ने प्रमाणित भइसकेका छन् ।

विश्वमा कुनै पनि यस्तो व्यक्ति छैन जसको जीवनमा कुनै न कुनै माध्यमबाट दाम्पत्य जीवनमा यौन सम्बन्धि समस्या देखा नै पर्दछ । स्वस्थ वा सन्तोषजनक बन्नका लागि केही नियमहरुको पालन गर्नु अति नै आवश्यक देखिन्छ ।
१- दम्पतिसँग जहिले पनि आरामदायक रहनु पर्दछ र जहिले पनि मन आएका कुरालाई नलुकाएर साथीलाई स्पष्टसँग भन्नु पर्दछ ।
२- यौन सम्पर्कका लागि कुनै समय तालिका बनाउनु पर्दैन । यौनको ईच्छा भए पछि ईच्छालाई दबाउनु हुदैन, ईच्छा अनुरुप यौन सम्पर्क गर्नु अति आवश्यक देखिन्छ ।
३- अहिलेको युगमा जसले पनि जुन कार्यमा पनि नयाँपन खोज्ने गर्दछ, त्यसैले यौन सम्पर्क कार्य गर्दा पनि नयाँ माध्यमहरु अपनाउनु उपयुक्त हुन्छ ।
४- स्वस्थ्य र संतोषजनक यौन जीवनको लागि स्वस्थ्य खानाको साथ साथै कसरतको पनि अति आवश्यकता देखिन्छ । जुन व्यक्ति शारिरीक रुपमा संतुलन हुन्छ त्यो व्यक्तिले आफ्नो साथिलाई संतोषजनक यौन जीवन बिताउन सहयोग परयाँउदछ ।
५- यौन सम्पर्कको समयमा “विस्तारै जानुस, सुरक्षित जानुस” भन्ने भनाईलाई जहिले पनि स्मरण राख्नु अति नै आवश्यक देखिन्छ । यौन सम्पर्क अगावै आफ्नौ लैंगिक उत्तेजना वा आानन्दजनक कार्यमा समय बिताउँदै चरमोत्कर्ष पुग्नु नै कुनै पनि दम्पतिको लागि स्वस्थ्य र सन्तोषजनक यौन सम्पर्क हुन जान्छ ।
६- संभोगको समयमा आफुलाई मन परेका कार्यलाई सम्मान गर्नु पर्छ र मन परेका कार्यलाई स्पस्टसँग आफ्नो साथिलाई भन्नु पर्दछ ।
७- संभोगको समयमा तनाव मुक्त हुनु अति नै आवश्यक देखिन्छ । संंभोग एक किशिमको साधना हो, जसलाई एकिकृत भई ग¥यो भने सफलता पाईन्छ । संभोगको समयमा कुनै किशिमको तनाव वा दबाब हुनु हुदैन ।
८- जीवन धेरै नै सानो भए पनि प्रेमको क्षणले धेरै ठुलो बनाउने गर्दछ, त्यसैले जीवनमा प्रेमको लुप्त उठाउनु अति नै आवश्यक हुन्छ ।
९-संभोग गर्नु अघि अल्कोहाँल प्रयोग गर्दा पुरुषमा इरेक्टाइल र महिलामा वजाइनल डाइनेसको समस्या उत्पन्न हुन जान्छ । जुन व्यक्तिलाई पहिलेदेखि नै इरेक्टाइल सम्बन्धि समस्या छ भने, उहाँको लागि अल्कोहाँल धेरै नै राम्रो हुुन जान्छ ।
१०- सुत्ने कोठामा संभोगको समयमा बढी निष्क्रिय हुनु हुदैन, जसले गर्दा संभोग प्रक्रियामा अप्ठयारो हुन सक्छ ।
११- कुनै पनि संभोग गर्ने माध्यमलाई प्रयोगमा ल्याउनु भन्दा पहिला उक्त संभोग माध्यको नराम्रो प्रभाव सम्बन्धि जानकारी हुनु अति आवश्यक देखिन्छ ।
१२- संभोग गर्नु अघि खानामा पनि ध्यान दिनु पर्दछ । पुरै पेट भरी खाना खाएर संभोग प्रक्रियामा जानु हुदैन । हल्का र स्वस्थय खाना संभोग सहज पु¥याँउदछ ।
१३- आफुलाई मन पर्ने वा नपर्ने यौन कल्पनालाई आफ्नो साथिलाई आदान प्रदान गर्नु पर्दछ ।
१४- व्यस्ताको जिंदगीमा समय नपाउनु अहिले जोडीको सबभन्दा ठुलो विडम्ना हो । तर जुन सुकै बेला समय पाउने बितिकै आफुले गर्नु पर्ने क्रिया गरि हाल्नु पर्छ ।
१५- तनाव वा थकानको समयमा धेरै व्यक्तिले संभोग गर्न मन पराउँदैन, तर तनाव वा थकान बाट मुक्ति पाउनको एउटा ठुलो योगको रुपमा लिन सक्छौं ।
१६- संभोग गर्ने ठाँउलाई जहिले पनि शांत वतावरण हुनस अति आवश्यक देखिन्छ । संभोग गर्ने कोठमा मधुर संगित, प्रेम प्रंसग सम्बन्धि किताबहरु, राम्रा –राम्रा चित्रहरुले संभोग प्रक्रियालाई सहज बनाउँदछ ।
१७- संभोगलाई एउटा कार्यको सट्टा राम्रो गतिविधिको रुपमा बुझ्नु पर्दछ ।
१८- मानशिक, शारिरीक र भावनात्मक रुपले दुरुस्त रहनु पर्छ । वास्ना युक्त लुगा वा साथिको ईच्छानुसार को लुगा लगाउनु पनि संभोग प्रक्रियामा सहयोग पु¥याउदछ ।
१९- शोधकर्ताकोनुसार रंगले संभोगका ईच्छालाई राम्रो असर गर्दछ । सुत्ने कोठाको रंगमा ध्यान दिनु अति आवश्यक देखिन्छ, साथ साथै कोठाको तापक्रमको अनुकुलता हुनु अति आवश्यक हुन्छ ।
२०- कुनै पनि व्यक्तिको एउटा अवस्था रहदैन, त्यसैले उमेर अनुसार संभोग गर्नु पर्दछ ।
२१- संभोग आवश्यकता छ, तर कहिले काँही गुडनाँइट किस र बिहानको आलिंगन जस्ता स्पर्शको पनि आवश्यकता पर्दछ ।