जापानको क्युसुमा भुकम्प , १४ जना घाइते

जापानको दक्षिणमा क्षेत्रमा रहेको क्युसुमा सुक्रबार बिहान ६. १ म्याग्नेच्युदको भुकम्प गएको अमेरिकी जियोलोजिकल सर्भेले जानकारी दिएको छ । भुकम्पका कारणले १४ जना घाइते भएको समाचार प्राप्त भएको छ ।

बिहानको २:०६ मा गएको उक्त भुकम्पको केन्द्र बिन्दु कुनिसाकिशी सहर देखि १२ किलोमिटरको दुरीमा र जमिनी सतह बाट ८२ किलोमिटर तल रहेको छ । घाइतेहरुलाइ सामान्य चोटपटक लागेको बताइएको छ । जापानको मौशम बिभागले भुकम्पले सुमानीको खतरा भने सिर्जना नगरेको जानकारी दिएका छन् ।
 JapanMapKyushu
आयोगका अनुसार उक्त ६. १ म्याग्नेच्युदको भुकम्पको धक्का शिकोनु , होंशु र कियोशी तापुना बढी महसुसु गरिएको थियो । साथै इहिमी तथा शिमाने प्रसासनिक क्षेत्रमा रहेका पारमाणविक शक्तीको प्लान्टहरुमा कुनै क्षति नपुगेको बताइएको छ ।

स्रोत : एजेन्सी

, , ,

news and entertainment