शनिबारदेखि वेपत्ता मलेशियनजहाज 'अपहरण'

एकसातादेखि बेपत्ता मलेशियन एयरलाइन्सको विमान अपहरणमा परेको मलेशियन अधिकारीले जनाएका छन् ।
शनिबारदेखि बेपत्ता बोइङ ७७७ जहाजको सुचना प्रणाली बन्द गरेर कुनै उडानमा जानकारले अपहरण गरेको मलेसियन अधिकारीलाई उदृत गर्दै समाचार संस्था एपीले जनाएको छ।
तर अपहरण हुनका कारण भने अझै खुलाइएको छैन ।
मलेशियाको क्वालालाम्पुरबाट बेइजिङको लागि उडेको एमएच ३७० फ्लाइट नम्बरको उक्त जहाज उडेको २६ मिनेटपछि सम्पर्क विहिन भएको हो ।
विमानमा चालकदलसहित २३९ सवार छन् । जहाजको अन्तर्राष्ट्रिय खोजी कार्य जारी छ । 

, ,

news and entertainment