तिव्वतीलाई देखेकी समाउने गृहमन्त्री गौतमको निर्देशन

काठमाडौ। तिब्बतबाट दलाई लामालाई निष्कासित गरी चीनले त्यहाँको शासन नियन्त्रणमा लिएको ५५ वर्ष पूरा भएको बिरोधमा काठमाडौंमा तिव्वतीहरुले गर्ने गतिविधिलाई रोक्न सरकारका गृहमन्त्री वामदेब गौतमले मातहतका सुरक्षा निकायहरुलाई कडा निर्देशन दिनुभएको छ।
सो दिवसको अवसरमा वर्षौदेखि नेपालमा रहेका तिब्बती शरणार्थीहरू सँगै तिव्वत तथा भारतबाट आएका तिव्वती शरणार्थीहरुले स्वतन्त्र (फ्री) तिब्बतको माग गर्दै प्रदर्शन गर्न सक्ने सूचना प्राप्त भएपछि गृहमन्त्री गौतमले मातहतका सुरक्षा निकायहरुलाई कडा निर्देशन दिनुभएको हो।
विगत केही समय देखि नेपालमा चीनविरोधी गतिविधि सक्रिय हुन थालेको चिन सरकार सँग सम्बन्धित क्षेत्रहरुमा नेपाल सरकाले सुरक्षा अवस्था कडा बनाउन थालेको छ।
नेपाल प्रहरीले पनि बिहिवार राती देखि नै आफनो कार्वाहीलाई तीव्र पार्दै शंकास्पद गतिविधि गर्नेलाई नियन्त्रणमा लिन थालेको थियो। प्रहरीले एकजनालाई गयरातीनै १ बजे बौद्धबाट समातेको थियो। शुक्रवार दिनभरमा २१ जनालाई नियन्त्रणमा लिइसकेको छ। प्रहरीले चिनीया दुतावास र भिसा सेन्टरमा अत्याधिक सुरक्षा बढाएको थियो। शसस्त्र प्रहरीलाई पनि सुरक्षा प्रदान गरिएको थियो।
शंकास्पद व्यक्तिलाई समात्न मात्र हैन तिव्वतीलाई भेटे्ने वित्तिकै नियन्त्रणमा लिन निर्देशन दिएको सरकारले तिव्वती शरणार्थीको सवालमा दीर्घकालिन काम गर्न समेत खोजेको बताइन्छ।
www.hamrakura.com

,

news and entertainment