हराएको विमान खोज्न मलेसियाले लगायो झाँक्री

२९ फागुन, एजेन्सी ।  मलेसियाको सरकारले हराइरहेको विमान खोज्नको लागि झारफुक गर्ने मान्छेको सहयोग लिएको छ। इब्राहिम मत जिन नाम गरेका झाँक्रीले एयरपोर्टमा अचम्मको काम गरेका छन, जसको भिडियो सोसियल साइटमा भाइरल भएको छ।

सोसल मिडियामा यस्तो कार्यको लागि मलेसियन सरकारको व्यापक आलोचना भईरहेको छ। MH370 नामको विमान क्वालालंपुर बाट बेईजिंग जाँदा बाटोमा नै बेपता भएको थियो।
doctor-ritual-for-missing malaysian-plane
अहिलेसम्म सो विमानका कसैको पनि अत्तोपत्तो लागेको छैन। चीनले विमानको टुक्राटुक्री समुन्द्रमा हुन सक्छ भनेर केही तस्बीरहरु सार्वजनिक गरेको थियो तर यो यकिन भने भईसकेको छैन।

इन्टरनेटमा मलेसिया सरकारको मानिसरुले धेरै आलोचना गरेका छन तर मलेसिया सरकारलाई यसले केही असर पारेको छैन। मलेसियाको सरकारले एक बयान जारी गर्दै भनेको छ, विमान खोज्नलाई जोसुकैले जस्तो उपाय लगाए पनि हामी स्वागत गर्छौं।

विमानमा २३९ यात्रु थिए। अहिले कसैलाई थाहा छैन उनीहरु कहाँ छन, जिउदै छन वा मरिसके। एक झाक्रीले एयरपोर्टमा तमासा नै देखाए र सरकारले पनि हुन दियो। मानिसहरु भन्छन, चीनले १० स्याटलाईटबाट विमान खोजिरहेको छ र मलेसिया भने बोक्सीको डाक्टरको मद्दत लिईरहेको छ।

, ,

news and entertainment