फुटवलको म्याच फिक्सिङ्ग गर्ने महर्जन पक्राउ

  विहिबार, फागुन २९काठमाडौं। काठमाण्डौ उपत्यका भित्र वा अन्य स्थानमा हुने फुटवल खेलमा म्याच फिक्सिङ्ग गर्ने जस्ता कार्यमा संलग्न ललितपुर सुन्धारा ८ बस्ने वर्ष ३४ को विनोद महर्जनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको विषेश प्रहरी टोलीले महर्जनलाई कामनपा ११ बाट बिहिवार पक्राउ गरेको हो। म्याच फिक्सिङ्ग गर्ने महर्जनलाई जिल्ला प्रशासन कार्यालयमा पेश गरी सार्वजनिक अपराध मुद्धामा म्याद थप लिई थप अनुसन्धान कार्य भइरहेको परिसरका प्रहरी नायव निरिक्षक अर्जुनचन्द ठकुरीले जानकारी दिनुभयो।

, ,

news and entertainment