धुर्मुस र सुन्तलीले छोरी जन्माए
चर्चित हास्यकलाकार दम्पति सिताराम कट्टेल र कुञ्जना घिमिरेलाई लाई पुत्रीलाभ भएको छ।
हास्य श्रृंखला 'मेरी बास्सै'बाट धुर्मुस र सुन्तलीका नाममा उनीहरु निकै चर्चित छन्।
कुन्जनाले छोरी जन्माएपछी सिताराम कट्टेलले 'आज हामी धेरै खुसी छौ किनकी घरमा लक्ष्मी आईन' भन्दै सामाजिक सञ्जालमा खुसी व्यक्त गरेका छन्।
कुञ्जनाले शुक्रबार बिहान साढे सात बजे छोरी जन्माएकी हुन् । उनको नर्भिक अस्पतालमा अपरेशन गरिएको थियो ।
नाम के राख्ने बिचार छ भनेर सोध्दा धुर्मसले भने न्वारन नहुँदासम्म ‘मिनी सुन्तली’ । घरमा पहिलो सन्तान भएकाले धेरै खुशी भएको उनले सुनाए ।
