एमाले फुटेर एमाओवादीमा मिसिने वैद्य पनि आउने !

फागुन २५ दोस्रो संविधानसभा निर्वाचनबाट आहत बनेका एमाओवादी अध्यक्ष प्रचण्डले हारको एउटा प्रमुख कारण मानेका छन् पार्टी फुटलाई।
पार्टी फूटेकै कारण निर्वाचनमा ठुलो पराजय भोग्नु परेको र देशको राजनीतिको लगाम हातबाट फुत्किएको बूझाइमा पुग्न प्रचण्डलाई धेरै समय लाग्यो।

निर्वाचनको नतिजासंगै धाँदलीबाट हराइएको प्रचण्डले बताउने गरेका थिए। समयसंगै निर्वाचनको चोट पुरानो हुँदा गयो, एमाओवादी पार्टीले पनि हारका अनेकौ समिक्षा गर्यो, पार्टीमा समिक्षा हालसम्म पनि जारी नै छ, कयौं ठाउँमा अन्तर्घातका कुरा पनि सुनिए । हाल एमाओवादी पार्टी भित्र पनि हारको मुख्य कारण पार्टी फुट्नु र त्यसैका कारण निर्वाचनमा 'बिजोग' भएको विचार बलियो बन्दै गएको छ।

निर्वाचनमा लागेको निमोठो घाउ पुर्न प्रचण्डले निकै तयारीका साथ वाम एकिकरणको तयारी गरेको चर्चा शुरु भएको छ। पार्टीका जिल्ला संयोजकहरूको दुईदिने भेला समापन गर्दै प्रचण्डले वाम ध्रुबिकरण हुने लागेको बताएपछि त यसले झन चर्चा बटुलेको छ।

प्रचण्डले विभाजनले दिएको चोट भर्पाइ हुने गरेर वाम धुब्रिकरण हुन लागेको बताएका थिए।
प्रचण्डका वाम ध्रबिकरणको कुराले वामपन्थी वृतमा केही हदसम्म तरंग ल्याएको छ। उनलेले दुइ वर्षअघि फुटेको नेकपा-माओवादीसंग एकताको कुरा चलाइरहेका छन्। दुबै दलका शीर्ष नेताबीच कुराकानी बाक्लै छ। नेकपा-माओवादी अध्यक्ष मोहन वैद्य लगायतका नेताहरुले एकिकरणका विषयमा चर्चा हुन थालेको पुष्टी पनि गरेका छन्। यतिसम्म त अनुमानकै विषय थियो। दुई माओवादी पार्टीको एकिकरण प्रयासबाट दुनियाँ जानकार पनि छ।

तर प्रचण्डले वाम ध्रबिकरणमा अर्के तयारी समेत गरेको बुझिएको छ । एमाओवादी स्रोतका अनुसार प्रचण्ड सत्तारुढ एमालेबाट एउटा समुहलाई समेत तान्ने तयारी छन् र उनले धेरै हद 'कुरा' मिलाइ सकेका छन् । प्रचण्डसंग सहकार्य गर्न तयार एमालेको उक्त समुह कुन हो त्यो भने रोचक अनुमानको विषय बनेको छ।
नेपालीहेडलाइन .com

news and entertainment