माइक खोसेर छुल्ठिमले भनिन् –नोभेम्बर रेइन मेरो लास्ट फिल्म

नोभेम्बर रेइन मेरो फस्ट एन्ड लास्ट फिल्म हुनेछ’ अभिनेत्री छुल्ठिम गुरुङले शनिबार आयोजित होली प्रेसमिटमा मिडियासामु यस्तो भनिन् । पहिलो फिल्म रिलिज नहुँदै आएको छुल्ठिमको यस्तो अभिव्यक्ति सुनेका मिडियाकर्मी छक्कै परे ।chulthim November rain
माइक्रोफोन खोसेर आफ्ना धाराप्रवाह बाचन थालेकी छुल्ठिमले किन यस्तो भनिन् ? अभिव्यक्ति मनन गर्दा यस्तो लाग्छ, स्वयम छुल्ठिमलाई आफू के बोलेकी छु थाहा छैन । जब उनको स्टेटमेन्ट सकियो र मिडियाले ह्वाइ भन्न थाले तब उनी झस्किइन् ।
‘आइ मिन, फिल्ममा म डल्लीको रोलमा छु । यो क्यारेक्टर यति राम्रो छ कि अब आउने स्क्रिप्टमा यस्तो पाउँदिन होला’ आफ्नो डिफेन्समा उत्रिइन् छुल्ठिम अनि भनिन्, ‘मैले कहाँ फिल्म इन्डष्ट्रि नै छाड्छु भनेकी छु र ? क्यारेक्टर पो लास्ट हुन्छ भनेको पो त ।’
छुल्ठिमको यस्तो अभिव्यक्तिले धेरै कुराको वर्णन गर्नसक्छ सायद । पहिलो फिल्ममै भएका केही गसिपबाट उनी खुशि छैनन् भन्ने सुनिन्छ जसलाई उनी नकार्छिन् तर, यथार्थ पनि यस्तै हो । पहिलो फिल्मबाटै यस्तो निराशावादी भनाईले नोभेम्बर रेइनको पब्लिसिटीलाई कस्तो असर गर्ने हो, त्यो त छुल्ठिमले सोच्ने कुरा भयो ।
तीन कारणले उनले यसो भनेकी हुनसक्छिन – नोभेम्बर रेइन युनिटसँगको असमझदारी, गायक पति धीरज राईसँग अलग भएपछिको मनोविज्ञान र बदलिएको फिल्मी मुड 
http://www.onlinekhabar.com/

,

news and entertainment