अर्जुनले खोले राज, यस्तो सम्बन्ध छ आलियासंग
अहिले नायक अर्जुन कपूर आग्रामा आफ्नो फिल्म 'तेवर'को सुटिङमा व्यस्त छन् । यसै क्रममा अहिले उनको निजि जिन्दगीमा नायिका आलिया भट्टलाई लिएर धेरै प्रश्न आँउने गरेका छन् । यस विषयमा प्रतिक्रिया दिँदै अर्जुनले आलिया भट्टसंगको सम्बन्धलाई इन्कार गरे तर गहिरो सम्बन्धको लागि तयार रहेको कुरा पनि बताए ।
कुराकानीका क्रममा अर्जुनलाई आलियासंगको सम्बन्धको बारेमा सोध्दा ' आलिया राम्रो साथी हुन्' भन्ने उत्तर दिन्छन् । उनीहरु जहिले पनि एक अर्काको सम्पर्कमा रहन्छन् । अर्जुन भन्छन् " म अहिले आग्रामा छु र आलिया मुम्बईमा । हाम्रो हिजो मात्र कुरा भएको थियो ।
साच्चै भन्नु पर्दा उसको फेसबुक स्टाटस देखेर उनीलाई सच्चो नभएको देखेर उनलाई कल गरेको हुँ । हामी सबै साथीहरुको यसरी नै ख्याल गर्छो,केटा साथीहरुको बारेमा पनि यसरी जानकारी लिन्छौ । फिल्म 'तेवर'को सेटमा फोटोग्राफर रोहन श्रेष्ठ मेरो एकदमै मिल्ने साथी हो,त्यस्तै आलिया पनि । यति मात्र फरक छ उनी महिला हुन् यसै विषयलाई लिएर गलत ढंगले कुरा अगाडि बढेको हो "।
