एउटै प्रश्नपत्रमा एसएसपी फेल, हवल्दार पास

२० फागुन, काठमाडौं । एउटै प्रश्नपत्रमा परीक्षा दिएका नेपाल प्रहरीका हवल्दार उर्त्तीण भएका छन् भने एसएसपी तथा एसपी जस्ता माथिल्लो तहका प्रहरीहरु भने फेल भएका छन् । राष्ट्रसंघीय शान्ति मिसनमा जानका लागि लिइने परीक्षामा माथिल्लो तहका दर्जनौ प्रहरी अधिकृतहरु फेल भएका हुन् । तर, हवल्दार, असई तथा सई तहका प्रहरी भने उर्त्तीण भएका छन् ।
राष्ट्रसंघबाट आएका प्रतिनिधिहरुले लिएको स्याट परीक्षा भनिने कम्बाइन्ड ल्याङग्वेज एसेसमेन्ट परीक्षामा नेपाल प्रहरीका तीन एसएसपी अनुर्त्तीण भएका छन् । सिआईबीका निमित्त प्रमुख रहेका एसएसपी उक्तम कार्की, जनकपुर अञ्चलका प्रहरी प्रमुख एसएसपी शिव लामिछाने तथा अर्का एसएसपी शिला कार्की अनुत्तीर्ण भएका हुन् । शुक्रबार लिइएको लिखित परीक्षामा नै उनीहरु फेल भएको मंगलबार प्रकाशित दृष्टि साप्ताहिकमा खबर छ ।
त्यस्तै फेल हुने एसपीहरुमा सिआईबीकै पिताम्बर अधिकारी, हेडक्वार्टरका निरज शाही छन् । त्यस्तै डिएसपी आभूषण तिमल्सिना पनि फेल भएका छन् । फेल भएको कतिपयले उजुरी पनि गरेको छन् । हवल्दार र असईहरु समेत ठूलो संख्यामा पास भएको स्रोत बताउँछ । नेपाल प्रहरीका एकमात्र पीएचडी प्रहरी तपन दाहाल पि्रस्याट परीक्षामा नै फेल भइसकेका छन् । 

,

news and entertainment