झेली’मा सेक्सी सुव्रिना, ‘पैसाका लागि साथीकै बाबुसँग सेक्स’
निर्माता भेषमान श्रेष्ठ आफ्नो चलचित्र झेलीले गतिलो व्यापार गर्नेमा ढुक्क छन् । चलचित्रको बिषयवस्तु फरक भएकाले पनि दर्शकले मनपराउने उनी बताउछन् । चलचित्रबाट हट नायिका सुव्रिना कार्कीको प्रवेश सिने नगरीमा हुँदेछ ।
उनी बाहेक चलचित्रमा अनिल थापा, दिपा वीसी लगायतका कलाकारको अभिनय छ । चलचित्रमा पैसाको लागि आफ्नै साथीको बाबुसँग शारीरिक सम्बन्ध राख्ने एक यूवतीको चरित्रलाई देखाइएको छ ।
यसैले पनि यो सिनेमाको कथा रोचक रहेको अनुमान लगाउन सकिन्छ । चलचित्रमा सबनम मुखियाको छायांकन, चन्द्र पन्तको द्वन्द्व छ । भेषमान श्रेष्ठले निर्माण गरेको सिनेमालाई कमल दाहालले निर्देशन गरेका हुन् ।
अनलाइनखबरलाई निर्माण यूनिटले केही तस्बिर उपलब्ध गराएको छ । जहाँ नायिका कार्की हट पोजमा देखिएकी छिन् ।
