अरमान तनिषा छिट्टै विवाह गर्दै

रियालिटी शो 'बिग बोस ७' बाट चर्चामा आएका लभ बड्स अर्थात अरमान कोहली र तनिषा मुखर्जी आफ्नो सम्बन्धलाई अगाडि तयार बढाउने तयारीमा छन्। यी दुई बीचको प्रेम सम्बन्ध अब अफेयरमा मात्र सिमित नभई धेरै अगाडि बढेको चर्चा बलिउडमा चल्न थालेको छ। आउने वर्ष तथा २०१५ मा यो जोडिले विहे गर्ने योजना बनाएको बताइएको छ।

Tanisha-Mukherjee-and-Armaan-Kohli

बलिउड सुत्रका अनुसार अरमान र तनिषा दुबै आफ्नो सम्बन्धलाई लिएर धेरै नै गंभीर रहेको बताइन्छ। अरमानले तनिषालाई डायमण्ड रिंग पनि गिफ्ट दिएको र सो रिंगलाई नै इनगेजमेंट रिंग बताइएको छ।

यी दुईले छिट्टै नै आफ्नो सम्बन्धको अफिसियल घोषणा गर्न सक्ने पनि बताइएको छ। तनिषा पनि अरमानको उनी प्रति यति धेरै माया देखेर धेरै नै खुशी छन्।

हालसालै एक कार्यक्रममा अरमान र तनिषाले एक आपसमा हात समाएर हिडेको बताइएको छ। अरमानसँग दुबैको सम्बन्धबारेमा सोध्दा उनले अहिले कुनै कमेन्ट नगर्ने तर केही समय पछि यसको बारेमा सबैलाई थाहा हुने कुरा बताएका छन।

,

news and entertainment