१२ वर्षदेखि फरार रहेका ‘सर्वाधिक खोजी’का गुण्डा अपराधी पक्राउ परे
मोरङ प्रहरीले विगत १२ वर्षदेखि फरार रहेका एक अभियुक्तलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । प्रहरीको सर्वाधिक खोजीमा रहेका साइवा भन्ने रामप्रसाद राईलाई आज प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
विभिन्न अपराधिक कियाकलापमा संलग्न भई १२ वर्षदेखि फरार रहेका भुटानी शरणार्थी शिविर शनिश्चरेका राईलाई झापाको दमकबाट पक्राउ गरेको हो । २०६५ साल वैशाखमा दमकस्थित लक्ष्मी वैंकमा लुटपाटमा सलग्न राई लामो समयदेखि फरार रहेकोमा उनलाई प्रहरीले ‘मोष्ट वान्टेड’को सूचीमा राखी खोजी गर्दै आएको थियो ।
मोरङ सुन्दरपुरका मानबहादुर तामाङको हत्या लगायतका आधा दर्जन अपराधमा उनको संलग्नता रहेको प्रहरीले जनाएको छ ।
ध्रुव भट्टराई