गाडी नदेखेका बालकले उडाए हेलिकप्टर

१७ चैत,बैतडी । कहिल्यै गाडीसम्म नदेखेका एक १३ वर्षीय बालकले बैतडीमा हेलिकप्टर बनाएर उडाएका छन् । सदरमुकामबाट एक दिनको पैदल दुरीमा पर्ने भटना गाविस–५ का १३ वर्षीय भरत धानुकले उक्त हेलिकप्टरको नमुना बनाएका हुन् ।

स्थानीय महादेव माविमा सात कक्षामा अध्ययनरत भरतले टेप रेकर्डर, ब्याट्री तथा हाइड्रोजन ग्यासको प्रयोग गरी हेलिकप्टरको नमुना बनाएर सफतापूर्वक उडाएका हुन् । आफनै विद्यालय परिसरमा भरतले हेलिकप्टर उडाएपछि विद्यालयका शिक्षक, अभिभावक र स्थानीय बासिन्दा अचम्मित भएको स्थानीय हाट स्रोत केन्द्रका स्रोत व्यक्ति मोहन नाथले बताउनुभयो ।
helicopter radio controlled
आकाशमा उड्ने हेलिकप्टर देखे पनि अहिलेसम्म गाडी भने नदेखेको बताउँदै भरतले भने, “केही कुरा पढेर तथा विज्ञानका विद्यार्थीले भनेकै आधारमा हेलिकप्टर बनाएको हुँ ।” भरतले बनाएको हेलिकप्टर सदरमुकाममा आएर प्रदर्शनी गर्ने योजना रहे पनि भटना–५ मटखन्नाबाट उडेको हेलिकप्टर भटना–६ को धौलकाँडा जङ्गल हुँदै बझाङतर्फ गएर बेपत्ता भएपछि उनी अर्को हेलिकप्टर बनाउने तयारीमा जुटेको नाथले जानकारी दिनुभयो । करिब दुई किलोमिटर भन्दा लामो दुरीसम्म उडेर हराएको हेलिकप्टर दुई दिनसम्म खोज्दा पनि फेला नपरेपछि अर्को बनाउन लागेको भरतले बताए ।

उनले अरु परीक्षणका दिनहरुमा धागोले बाँधेर उडाउने गरे पनि गत शनिबार धागो टुटेकाले हेलिकप्टर सम्र्पक विच्छेद भएको उल्लेख गरे । उनले एक हेलिकप्टरको अर्को नमुना बनाउनका लागि केही पाठपुर्जा र हाइड्रोजन ग्यास अभाव भएको गुनासो गरे । एक हेलिकप्टर बनाउनलाई साइजअनुसार कम्तीमा रु छ हजारदेखि ३० हजारसम्म खर्च लाग्ने बताए ।

एक वर्ष अघिदेखि गाडी र हेलिकप्टर कसरी उड्न सक्छ भन्ने सोच मनमा खेलाउने गरेको बताउँदै भरतले भने “त्यसैको आठ महिनापछि गाडी बनाएर गुडाए, त्यसपछि अहिले

, ,

news and entertainment