हिजोआज बच्चन परिवारमा पछि छुट्टिएर बस्ने कुरा उठन थालेको छ । बताइए अनुसार बुहारी ऐश्वर्या र
सासु जया बच्चनका बिचमा त्यति राम्रो सम्बन्ध छैन । सूत्रहरूका अनुसार यहि कारणले ऐश्वर्या सासु-ससुरासंग छुट्टिन चाहन्छिन । उनीहरू दुबैका बिचमा टकराब हुनुको कारण भने ऐशको लाइफमा जयाको धेरै धेरैनै हस्तक्षेप गर्नु रहेको बताइएको छ । ऐशलाइ आफ्ना लागी ठाउँ नभएको बताइन्छ । उनलाइ सासुसंग साना ठुला सबै कुराहरूको जानकारी दिनुपर्ने बताइन्छ । हालै मात्र एक इभेन्टमा जयाले फोटोग्राफर्सलाइ हप्काएकी समेत थिइन । किनभने उनीहरूले
ऐश्वर्यालाइ उनको नामले बोलाएका थिए । यो कुरा जयालाइ मन परेन उनले यहाँका पत्रकारहरूलाइ समेत हप्काएकी थिइन । बास्तवमा, पत्रकारहरूद्वारा ऐश्वर्याको नाम लिएर बोलाएको उनलाइ मन परेन । सूत्रका अनुसार यस घटना पछि ऐश पनि निकै अपसेट भएकी थिइन । उनलाइ मीडियाका बीचमा सासुको व्यवहार पटक्कै मन परेन । यद्दपी, उनले यस बारेमा जयासंग भने केहि भनिनन । हुन त, ऐशलाइ आफ्ना पति अभिषेक बच्चन र ससुरा अमिताभ बच्चनसंग भने कुनै गुनासो छैन । सीनियर बच्चन ऐश्वर्या को पर्सनल लाइफसंग त्यति मतलब गर्दैनन, त्यसैगरि अभिषेक पनि यस्तै गर्दछन । ऐश अब त एक छोरीकी आमा समेत बनिसकेको अबस्था र फिल्ममा फर्कने तयारी गरेका बेला सासुको व्यवहारले उनीलाइ सायद केही परेको हुनुपर्दछ । अहिले इन्डस्ट्रीमा यहि चर्चा निकै चलिरहेको छ कि अभि-ऐश आफ्ना परिवारसंग सायद छुट्टिएर बस्नेछन
ऐश्वर्यालाइ फेरी तनाब सासु ससुरासंग छुट्टै बस्ने ?
news and entertainment
