किन तक्मेबुढाले भारतीय निर्देशकको प्रस्तावलाई अस्वीकार गरे
काठमाडौं । चर्चीत हाँस्य कलाकार तक्मेबुढा अर्थात विल्सन विक्रम राईले आफूलाई आएको भारतीय टेलि सिरियल खेल्ने अवसर अस्वीकार गरेका छन् ।
हाँस्य टेलिसिरियल मेरीबास्यै प्रवेशसँगै चर्चा कमाएका राईलाई चर्चित भारतीय निर्देशक आशुतोष गोवारिकको निर्देशनमा बन्न लागेको एक हिन्दी सिरियलमा अभिनयको लागि अफर आएको थियो ।
सुरुमा सिरियल प्रति सकारात्कम देखिएका राई सिरियलमा अनुबन्धित भएसँगै त्यसमा काम गरुन्जेल उनले फिल्म बाहेक अन्य प्रोजेक्टमा काम गर्न नपाउने सर्त र्तेस्याएपछि उनले सो प्रस्तावलाई लातमारेर नेपाल फर्किएका हुन् ।
