यसरि गरियो प्रचण्ड पुत्री ज्ञानुको दाहसंस्कार
१३ चैत, काठमाडौ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी जेठी छोरी ज्ञानु केसी दाहालको बिहीबार दिउँसो अन्तिम संस्कार गरिएको छ।
४० वर्षीय केसीको स्तन क्यान्सरले बिहीबार बिहान निधन भएको थियो। उनको निधनमा अन्तिम श्रद्धाञ्जली व्यक्त गर्न आर्यघाट परिसरमा एनेकपा माओवादीका शीर्ष नेताहरु, माओवादी अध्यक्ष मोहन वैद्य, एमाले नेता माधवकुमार नेपाललगायत नेता तथा सयौं सर्वसाधारण उपस्थित थिए।
लामो समयदेखि क्यान्सर रोगका कारण बिरामी परेकी छोरी ज्ञानु केसी दाहालको आज काठमाडौको ओम अस्पतालमा निधन भएको हो ।भारतको नयाँ दिल्लीमा लामो समय उपचार गराएर ज्ञानुलाई केही समय पहिले मात्र काठमाडौ ल्याइएको थियो ।
