येसरी संकरदेब क्याम्पसमा तनाब
२५ फागुन,काठमाडौं। शंकरदेव इकाइ समितिका सभापति सुभाराम बस्नेत सहितका नेताहरुलाई हतियारसहित प्रकाउ गरेपछि कांग्रेस सम्वद्ध नेविसंघले विरोध प्रदर्शन जारी राखेको छ।
गत फागुन १९ गते नेविसंघका पूर्व सह महामन्त्री सचित शर्मा, शंकरदेव क्याम्पसका स्ववियु सभापति शुभराम बस्नेत, नेविसंघका नेता राकेश विक्रम शाही, लिलाबहादुर खड्का र जोन खड्कालाई विना कारण पक्राउ गरेको भन्दै नेविसंघ प्रहरीविरुद्ध उत्रिएको हो ।
गत फागुन १९ गते नेविसंघका पूर्व सह महामन्त्री सचित शर्मा, शंकरदेव क्याम्पसका स्ववियु सभापति शुभराम बस्नेत, नेविसंघका नेता राकेश विक्रम शाही, लिलाबहादुर खड्का र जोन खड्कालाई विना कारण पक्राउ गरेको भन्दै नेविसंघ प्रहरीविरुद्ध उत्रिएको हो ।
त्यसयता नेपाल विद्यार्थीसंघले आफ्ना नेताको रिहाईको लागि निरन्तर दबाब बढाइरहेको छ। नेविसंघको विरोध क्रमश काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश खरेल तर्फ सोझिन थालेको छ ।
नाम कमाउने र सेलिब्रेटी बन्ने नाममा गैर कानुनी ढँगले नेविसंघका नेताहरुलाई गिरफ्तार गरेको भन्दै नेविसंघले खरेललाई तत्काल कारवाहीको समेत माग राखेको छ ।
आफ्नै पार्टीको सरकार नेतृत्वमा रहेका बेला नेविसंघले एसएसपी खरेलमाथि दबाब बढाउन शुरु गरेको हो।
आज पत्रकार सम्मेलन गर्दै नेविसंघले नेपाल सरकारद्धारा इजाजत प्राप्त हतियारलाई गैर कानुनी भनी पक्राउ गरेर प्रहरी प्रसाशनले नै गैर कानुनी काम गरेको आरोप लगायो।
पक्राउ परेका हतियार सरकारी इजाजत प्राप्त रहेको नेविसंघको ठहर रहेको छ।
संघले तत्काल सम्बोधन नभए नेपाल विद्यार्थीसंघ कडा संघर्षमा उत्रने चेतावनी दिएको छ। संघको पत्रकार सम्मलेनमा खरेल विरुद्ध तोकेर आक्रोश व्यक्त भए ।
नेविसंघका अध्यक्ष एवं सभासद् रञ्जित कर्णले भने,' आफू कानुनको पहरेदार ठान्ने रमेश खरेल आफू नै गैर कानुनी बाटोमा हिँडेका छन्, उनलाई प्रधानमन्त्री र गृह मन्त्रीले तत्काल कानुनको कठघरामा ल्याई कारवाही गर्नुपर्छ ।'
नेविसंघका पुर्व उपाध्यक्ष ऋषिकेश शाहले राज्यले उपलब्ध गराएको सुविधा र कानुन बमोजिम नै ईजाजतपत्र सहितको हतियार वोक्दा पनि रमेश खरेलले गलत ढंगले नाटक मञ्चन गरी आफ्ना नेताहरुलाई पक्राउ गरेको भन्दै रमेश खरेलले मुलुकमा स्वेच्छेचारी शासन लाद्न खोजेको बताए ।
नेविसंघको आन्दोलनका बारे माऊ पार्टी नेपाली कांग्रेसले भने औपचारिक रुपमा मुख खोलिसकेको छैन्। पक्राउ परेका सवै विरुद्ध प्रहरीले हातहतियार तथा खरखजाना कानुनअन्तर्गत कारबाही चलाइरहेको छ। पक्राउ परेका पाँचजनाबाट प्रहरीले स्तोल, टु नट टु र बाह्र बोरका बन्दुक बरामद गरेको थियो।
आफ्ना नेता कार्यकर्ता तत्काल छुटाउनु पर्ने माग गर्दै नेविसंघका कार्यकर्ताले शंकेरदेव क्याम्पस अगाडी गरेको प्रदर्शन ..
तस्विरःरासस
