अगाडि बढ्ने र पछाडि फर्कनेसँग पार्टी एकता हुँदैनः डा. भट्टराई

काठमाडौं, एमाओवादीका बरिष्ठ नेता डा. बाबुराम भट्टराईले अगाडि बढ्ने र पछाडि फर्कनेसँग पार्टी एकता हुन नसक्ने दावी गरेका छन् । बैद्य माओवादीसँग पार्टी एकताको विषयले तरंग पैदा गरिरहेका बेला उनले तत्काल बैद्य माओवादीसँग baburam bhattarai press meet_20130724084141एकताको सम्भावना नरहेको बताए । ‘एकता प्रक्रियासँग मेरो मेरो असहमति होइन्’ भट्टराईले भने,‘मुख्य कुरा भनको विचार र राजनीति हो । यो प्रष्ट नभई दुईवटा भिन्न दिशातर्फ हिँडिरहेको दुई शक्तिबीचको एकताले केही परिणाम ल्याउन सक्दैन ।’ यद्यपी भट्टराईले विचार,राजनीति र कार्यदिशामा प्रष्ट भएर मात्र एकता हुने स्विकारे । तर भट्टराईले बैद्य माओवादीले गलत भन्दै आएको हेटौडा महाधिबेशनको कार्यदिशा गलत नभएको जिकिर गरे । उनले हेटौडा महाधिबेशनको कार्यदिशा गलत नभएको बरु यसैबाट अघि बढ्दा सही ठाउँमा पुगिने बताए ।‘म हेटौंडा महाधिवेशनले लिएको कार्यदिशाबाट अझ अघि बढ्नुपर्छ भन्ने मान्यता राख्छु’ भट्टराई हेटौडा महाधिबेशनको कार्यदिशाको बचाउ गर्दै भने,‘कयौं साथीहरु भने हेटौंडा महाधिवेशन गलत भयो,अब त्यसबाट अझ पछि फर्कनुपर्छ भन्नुहुन्छ । यस्तासँग पार्टी एकता हुँदैन । पछाडि फर्कने र अगाडि बढ्ने भन्ने शक्तिको एकताले कहीँ पनि पु¥याउँदैन ।

,

news and entertainment