मुखमैथुन गराउने शिक्षक पक्राउ

३ चैत , डोटी । गगुडा–१ को भवानी निमावि, पलाडीमा कार्यरत शिक्षक योगेन्दबहादुर बोगटी आफ्नै विद्यार्थीलाई मुखमैथुन गर्न लगाएको आरोपमा पक्राउ परेका छन् । उनले ६ महिनादेखि चारजना बालबालिकालाई लगातार मुखमैथुन गराउँदै आएको आरोप छ ।

विभिन्न बहानामा छात्रा शौचालयमा लगेर बोगटीले उनीहरूलाई मुखमैथुन गर्न लगाउने गरेको पीडितका अभिभावकले बताएका छन् । उनले कक्षा १ र २ मा अध्ययन गर्ने चार विद्यार्थीमाथि यौनदुव्र्यवहार गर्ने गरेका हुन् । शिक्षक बोगटीलाई प्रहरीले हिरासतमा लिएको छ । उनी सोही ठाउँका स्थानीयवासी हुन् ।

बोगटीले कक्षा १ अध्ययन गर्ने पाँच वर्षीया बालिका एकजना र ६ वर्षीया दुई  तथा कक्षा २ मा अध्ययन गर्ने आठ वर्षीया बालिकालाई विभिन्न बहानामा मुखमैथुन गर्न लगाएको पीडित बालिकाहरूले बताएका छन् । आरोपी शिक्षक बोगटीले छात्राका यौनांग चलाउने, आफ्नो यौनांग चलाउन लगाउने र मुखमैथुन गर्ने गरेको उनीहरूको दाबी छ ।

विद्यार्थीमाथि यौनदुव्र्यवहार भएको भन्ने आफूहरूलाई थाहा भएपछि शुक्रबारै अरोपी शिक्षक बोगटीलाई नियन्त्रणमा लिएर जिल्ला सदरमुकाम पठाइसकेको चनुकाँडा प्रहरीचौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक दीपकबहादुर सिंहले जानकारी दिए । घटनाको स्थलगत अध्ययन र अनुसन्धान भइरहेको उनको भनाइ छ । इन्चार्ज सिंहले भने, ‘विगत लामो समयदेखि शिक्षकले त्यस्तो दुव्र्यवहार गर्दै आएका रहेछन्, हामीलाई ढिलो जरी जानकारी आयो, कारबाही प्रक्रिया अगाडि बढिसकेको छ ।’

बोगटीले कक्षा २ मा अध्ययनरत एक बालिकालाई जबरजस्ती करणी गर्ने प्रयाससमेत गरेको बताइएको छ । अभिभावकका अनुसार बालिकाहरू घरमा आएर वाकवाक गर्ने, विद्यालय जान डराउने, खाना खाँदा बान्ता गर्न थालेपछि सोधखोज गर्दा यौनदुव्र्यवहारको घटना थाहा भएको हो भन्ने नयाँ पत्रिकामा खबर छ।

प्रहरी सहायक निरीक्षक सिंहका अनुसार आरोपी बोगटीले आफूले गरेको अपराध स्विकारेका छन् । ‘आफूबाट गल्ती भएको उनले स्विकारिसकेका छन्,’ सिंहले भने, ‘हामीले नियन्त्रणमा लिई प्रहरीचौकी बायलमार्फत जिल्ला प्रहरी कार्यालयमा पठाएका छौँ ।’ बोगटी ०६१ सालदेखि सो विद्यालयमा स्थानीय स्रोतबाट सेवा सुविधा पाउने गरी कार्यरत छन् ।

,

news and entertainment