४ चैत, एजेन्सी ।
अधिकारीहरुले अघिल्लो शनिबार देखि हराइरहेको मलेसियाली जम्बो जेट तालिबानले अपहरण गरेको हुन सक्ने दावी अधिकारीहरुले गरेका छन् ।
विमान अफगानिस्तान र उत्तर पश्चिमी पश्चिमी पाकिस्तानको कुनै स्थानमा राखिएको हुन सक्ने उनीहरुको अनुमान छ ।
अहिले २६ देशमा एक साथ खोजी भैरहेको बोइङ ७७७ को विषयमा कुनै पत्ता लागेको छैन ।
मलेसियाको क्वालालम्पुरबाट चीनको बेइजिङका लागि उडेको २३९ सवार जम्बो जेट मार्च ८ देखि वेपत्ता छ ।
विमानलाई राडारसँग जानाजान सम्पर्क विच्छेद गरी मलेसियाली प्रायद्वीपबाट उत्तर पश्चिम दिसा तर्फ लगिएको संकेत अधिकारीहरुले फेला पारेका छन् ।
दावी गरिएको कुरा सत्य सावित भएमा विमान अफगानिस्तान, पाकिस्तान , काजकिस्तान, उज्वेकिस्तान वा ताजकिस्तानमा हुन सक्ने आशंका गरिएको छ ।
विमान वेपत्ता हुनुमा विमान चालकको समेत हात हुन सक्ने भन्दै पाइलटको विषयमा पनि मलेसियाली अधिकारीहरुले अनुसन्धान गरिरहेका छन् ।
अधिकारीहरुले जहाजलाई राडारको सम्पर्कमा आउन नदिन जानाजान निक्कै कम उचाइमा उडाइएको पनि खुलासा गरेका छन् ।
विमानलाई ५००० फिटको उचाइमा मात्र उडाइएको खुलासा मलेसियाली अधिकारीहरुले गरेका छन् ।
वेपत्ता विमान बारे अर्को सनसनीपूर्ण खुलासा' जहाज तालिबानले अपहरण गरेको दावी
news and entertainment
