सिन्जुकुमा आज एक नेपालीको दुखद निधन

टोकियो, २६ फागुन । आज टोकियो सिन्जुकुमा एक नेपालीको आकस्मिक निधन भएको छ । सोलुखुम्बु नेचा घर भई २० महिनादेखि जापानमा कुकका रुपमा कार्यरत फणिन्द्रप्रसाद शर्माको आज निधन भएको हो । 

टोकियो ताकादानोबाबा नजिकै तोरीचुकासेई भन्ने ठाउंमा साथीसंगै खाना खाईरहेको अवस्थामा साँझ साढे पाँच बजेतिर अचानक ढलेका शर्मा एम्बुलेन्समा निशी सिन्जुकु अस्पतालमा लैजादै गर्दा उनको निधन भएको हो । 

उनका आफन्त दिपेश खनाललाई उद्धृत गर्दै मातृभूमिका लागि युवा अभियानका एशिया संयोजक अनुज थापाले समुद्रपारिलाई बताएका हुन । 

स्वर्गिय शर्मा श्रीमतीसहित योकोहामामा बस्दै आएका थिए । शर्माले आजै टोकियोस्थित नेपाली दूतावासमा एमआरपी राहदानी आवेदन गरेका थिए ।
- समुन्द्रपारी

,

news and entertainment