अश्लिल फोटो सार्वजनिक भएपछि तनावमा श्रुती हसन

shruti-hasan_s_650_050114044720
एक चलचित्रको छायांकनका क्रममा लिइएको उत्तेजक तस्बिर सार्वजनिक भएसँगै बलिउड नायिका श्रुती हसन तनावमा छिन् । उनले आइटम नृत्य गरेको येवादु चलचित्रको पिंपल डिंपल बोलको गीतमा लिइएको केही उत्तेजक तस्बिर अहिले सामाजिक संजालमा भाइरल झै फैलिएको छ । जसका कारण श्रुतीले निर्माता विरुद्ध नै उजुरी हाल्ने तयारी गरेकी छिन् ।
चलचित्रको छायांकनका क्रममा लिइएका केही तस्बिरहरु सहमतीमै हटाइएको पनि थियो । तर निर्माताले सिनेमाको चर्चाका लागि तस्बिर सामाजिक संजालमा हालेको श्रुतीको तर्क छ । केही तस्बिरहरु गलत कोणबाट खिचिएकाले पनि अश्लिल देखिएको श्रुतीको वुझाई छ ।
तर चलचित्रको प्रचारका लागि यस्तो हल्ला फैलाइएको धेरैको तर्क छ ।

, , ,

news and entertainment