अक्षय कुमार नेपालमा, ३ दिन बस्ने

akshya-kumar
अक्षय कुमार नेपाल आइपुगेबलिउड नायक अक्षय कुमार नेपाल आइपुगेका छन् । उनी केही समय अघि मात्र नेपाल आएका हुन् । उनले एयरपोर्टबाट बाहिर निस्कदै गरेको तस्बिर उनका फ्यानहरुले खिचेका छन् । उनी ३ दिन नेपालमा बस्नेछन् । उनी हाल कुन होटलमा छन् र कहा उनको सिनेमाको छायांकन हुन्छ भन्ने केही खुलाइएको छैन । उनलाई विमानस्थलमा लिन सुवास खड्का पुगेका थिए । सुवासले सबैभन्दा छिटो औला पड्काएर विश्व रेकर्ड राखेको बताइन्छ । 
नायक अक्षय कुमार आज साढे ४ बजे काठमाण्डौ ल्याण्ड भएका हुन् । नायिका तपसी पन्नु भने अपि्रल ३० मा नै नेपाल आइसकेकी थिइन् । तपसीले काठमाण्डौमा सुटिङ सुरु भएको जनाएको छ । नीरज पान्डेले निर्देशन गर्न लागेको एक नाम नखुलाइएको सिनेमाको छायांकनका लागि बलिउडका सुपरस्टार नेपाल आएका हुन् ।

, ,

news and entertainment