प्रकाश दाहाल र बिना बिराटनगरबाट भागे

राष्ट्रिय सम्मेलनमा प्रचण्डपुत्रको प्रतिनिधित्व खारेज
 बैशाख, बिराटनगर । प्रचण्डपुत्र प्रकाश दाहाल र उनकी वैधता नपाएकी प्रेमिका बिना मगर राष्ट्रिय सम्मेलन छाडेर भागेका छन्। पार्टी हेडक्वाटरबाटै प्रतिनिधि मनोनित भएर बिराटनगर पुगेका प्रकाश र कञ्चनपुरकी बिना राष्ट्रिय सम्मेलनमा बस्न नपाउने भएपछि भागेका हुन् ।
आफ्ना पूर्वपति-पत्नीलाई छाडेर अनुचित यौन सम्बन्ध राखेको भन्दै आलोचना खेप्दै आएका मगर र दाहाल दुबैको प्रतिनिधित्वसम्बन्धी बैठकमा चर्को विवाद भएको थियो । सगरमाथा चढ्ने क्रममा झाँगिएको उनीहरुको गहिरो प्रेम अहिलेसम्म टुटेको छैन ।
प्रचण्डपुत्र प्रकाश दाहाललाई ठूला नेतासँगै स्वागतम होटलमा देखेपछि कार्यकर्ताले प्रश्न उठाएका थिए । अन्ततः उनीहरुको प्रतिनिधित्वमाथि नै प्रश्न उठेपछि दुबैले सम्मेलनस्थल छाडेका हुन् ।
सम्मेलनमा प्रचण्डपत्नी सीता दाहाल र छोरी रेणु दाहालको भने प्रतिनिधित्व छ । सीता एमाओवादीको सल्लाहकार हुन् भने काठमाडौं १ मा सभासदको चुनाव लडेकी रेणु काठमाडौंबाटै सम्मेलन प्रतिनिधि चुनिएकी हुन् ।
प्रकाश दाहालकी बैधानिक पत्नी सिर्जना त्रिपाठीले कास्की जिल्ला कमिटीमा चुनाव जितेकी छन् । तर, उनी राष्ट्रिय सम्मेलनमा प्रतिनिधि बनेकी छैनन् । बिना मगरले पनि दोस्रो संविधानसभामा कञ्चनपुरबाट संविधानसभाको चुनाव लडेकी थिइन् ।

,

news and entertainment