नेपाल एअरलाइन्सको विमानको आपतकालीन अवतरण

मलेसियाको क्वालालम्पुरबाट ५३ जना यात्रु लिएर दिउँसो २ बजे काठमाडौंका लागि उडेको नेपाल एअरलाइन्सको विमान करिब ४५ मिनेटको उडानपछि पुनः क्वालालम्पुर विमानस्थलमा आपतकालीन अवतरण गरेको छ ।
Nepal_Airlines
बिहान ८ बजे उडानका लागि निर्धारित समय भएपनि प्राविधिक खराबीका कारण दिउंसो २ बजे उडेको विमानमा प्राविधिक समस्या देखिएपछि आरए-४१६ बोइङ विमान आपतकालीन अवतरण गरिएको जानकारी प्राप्त भएको छ। ‘अहिले हामी सबै यात्रु जहाजभित्रै छौं । कसैलाई पनि बाहिर निस्कन दिइएको छैन,’ उक्त विमानमा सवार एक यात्रुले भने, ‘यसबारे उडान कर्मचारीले नि केही बताएका छैनन् ।’ उक्त विमान ३ दिनअघि सिंगापुरमा मर्मत गरि क्वालालम्पुर ल्याइएको थियो ।

,

news and entertainment