मृत शिशु साटीएर दिने आम्दा अस्पतालका ४ नर्स निलम्बनमा

रुपन्देही - शिशु साटीएको बिषयलाई लिएर आम्दा अस्पताल बुटवलले ४ जना कर्मचारीलाई निलम्बन गरेको छ  । छानबिन समितिको सिफारिसका आधारमा अस्पतालले निलम्बन गरेको हो ।
निलम्बन हुनेहरुमा  स्टाफ नर्स रचना  पौडेल,  पुजा पान्डे  र सपना श्रेष्ठ  तथा अनमी  सृजना न्यौपाने रहेका छन् । 
घटनाको छानबिनका लागी  आम्दाले लुम्बिनी अञ्चल अस्पतालका  मेडिकल सुपरिटेण्डेन्ट डा. तारानाथ पौडेलको संयोजकत्वमा समिति गठन गरेको थियो । अस्पताल प्रशासनले डीयुटीमा रहेका नर्सिङ स्टाफको लापरबाहिका कारण शिशु साटिएको पाइएपछि निलम्बन गरिएको जनाएको छ ।
बैसाख १० गते रुपन्देहीे गोनाह १ का बिद्या हरिजनको नवजात शिशुलाई उपचारको लागी लगिएकोमा  अस्पतालले मृत शिशु जिम्मा लगाएको थि

,

news and entertainment