सुविन लिम्बु बनिन् मिस नेपाल

१९ बैशाख, काठमाडौं । यस बर्षको मिस नेपालको उपाधि सुबिन लिम्बूले जितेकी छिन् । प्रतिस्पर्धामा प्रतिस्पर्धा गरेका अन्य १८ जनालाई पछि पार्दै उनले उपाधि जितेकी हुन् ।
कार्यक्रममा प्रमुख निर्णायक रुक्मांगत कटुवालले सोधेको ‘तपाइले यो प्रतिस्पर्धा जित्नुभयो भने तपाईं कसरी नेपालमा छरिएर रहेका यूवायूवतीलाई एकै ठाउँमा राखेर नेपालमै रोजगारी सिर्जना गर्न के सल्लाह दिनुहुन्छ ? भन्ने प्रश्नमा उत्कृष्ट जवाफ दिदै उनले उपाधि जितेकी हुन् ।

उनले मिस नेपालसँगै नगद ५० हजार र ‘मिस वल्र्ड’ मा भाग लिने अवसर पाएकी छिन् । यस्तै मिस नेपाल अर्थको उपाधि भने पिन्सा श्रेष्ठले जितेकी छिन् । उनले मिस अर्थमा भाग लिने जानेछिन् ।
यस्तै नेपालकै सबैभन्दा ठूलो भनिएको सौन्दर्य प्रतियोगिताको मिस नेपाल इन्टरनेशल भने सोनिराज भण्डारी भएकी छिन् । उनले मिस इन्रटनेशनलमा भाग लिनेछिन् ।
यस्तै मिस फोटोजेनिक टाइटल शितष्मा बनले प्राप्त गरेकी छिन् । मिस पंक्चुवालिटी एलिसा कुँवर, मिस स्टाइलिस्ट सोनिराज भण्डारी, मिस ट्यालेन्ट लाक्पा तामाङ, मिस पब्लिक लाक्पा वाङपो शेर्पाले प्राप्त गरेकी छिन् ।
यस्तै, मिस बेष्ट हेयर रश्मी अधिकारीले जितेकी छिन् । मिस व्यूटी विथ प्रपोजको साथमा अर्को एक टाइटल पि्रन्सा श्रेष्ठले जितेकी छिन् । मिस फ्रेन्डसिपको टाइटल भने सोनिराज भण्डारीले जितेकी छिन् । मिस पर्सानालिटीको उपाधी प्रनयना केसीले जितेकी छिन् ।

MISS NEPAL 2014 - SUBIN LIMBU
Miss Nepal 2014 | Sonie Rajbhandari - 2nd Runner up

Miss Nepal 2014 | Prinsha Shrestha - 1st Runner up

,

news and entertainment