छविसँग १० बर्ष जीवन विताएको सम्झँदा दुःख लाग्छः रेखा थापा

काठमाडौं, १९ बैशाख । नायिका रेखा थापाले पूर्वपति छवि ओझा विरुद्ध फेसबुकमा आक्रोश पोखेकी छिन् । एक दशक लामो वैवाहिक जीवनमा दुवैले एक अर्कालाई खुब माया गरेको देखिन्थ्यो । तर, गुलियो मह धेरै खाए तितो हुन्छ भनेझैं प्रगाढ बनेको छवि–रेखाको सम्बन्ध बिच्छेद भइसकेको छ ।

सम्बन्ध बिच्छेदपछिको केही समय दुवैबीच तितक्ता नदेखिएपनि पछिल्लो एक महिनायता भने छवी–रेखा एक आपसमा विवाद गर्न थालेका छन् । उनीहरुको विवादले मिडियामा पनि गतिलै स्थान पाइरहेका छन् ।

रेखाले आज विहान फेसबुकमा लामो स्टास लेख्दै छविसँग १० बर्ष वैवाहिक जीवन विताएकोमा पछुतो गरेकी छिन् । कुनै बेला संसारकै राम्रो पुरुषको रुपमा छविलाई चिनाउन रुचाउने रेखाले फेसबुक मार्फत तिनै छविलाई  ‘मनुश्यको रुप धारण गरेको पशु’ भनेकी छिन् ।

उनले छविलाई कुनै आदरार्थी शब्दको प्रयोगै नगरी ‘तँ’ भनेकी छिन् र मनलाग्दो गाली गरेकी छिन् । उनले आफूलाई धेरै नचलाउन पनि छविलाई चेतावनी दिएकी छिन् । ‘सुतिरहेको कोब्रा साँपलाई घरी–घरी जिस्काई नराख, डस्ला कुनै दिन’ उनले लेखेकी छिन् ।

छवीलाई गाली गरेर उनले सार्वजनिक गरेको फेसबुक स्टाटस यस्तो छ ।


- नेपालपाटी बाट

, ,

news and entertainment