छविको सिनेमामा शिल्पाको हेर्नै नसकिने बलात्कार दृश्य

निर्माता छविराज ओझा महंगो बजेटमा चलचित्र हबल्दार सुन्तली बनाउन तयार भएका छन् । चलचित्रको छायांकन जेठको दोश्रो साताबाट सुरु हुने उनले बताए । चलचित्रमा छविकै अघिल्लो सिनेमा लज्जाबाट डेब्यू गरेकी मोडल शिल्पा पोख्रेलले हबल्दार सुन्तलीको भूमिका निर्वाहा गर्नेछिन् ।
प्रहरी सेवामा कार्यरत सुन्तली धामीको बलात्कारको बिषयलाई सिनेमाले उठान गर्न लागेको हो । बिषयवस्तुका लागि नेपाल प्रहरीसँग स्विकृती लिइसकेको निर्माता छविराज ओझाले बताए । चलचित्रमा सविन श्रेष्ठ र किशोर खतिवडाले शिल्पालाई साथ दिनेछन् । छविले नारीप्रधान सिनेमालाई आफूले निरन्तरता दिएको जनाए । चलचित्रको बिषयवस्तुको बारेमा नेपाल प्रहरी पनि सकारात्मक छ । नायिका पोख्रेलले सुन्तली धामीलाई पनि भेटेको बताइन्छ ।
चलचित्रमा बलात्कार पश्चात सुन्तलीले लिने रिभेन्जका दृश्यलाई पनि समावेश गरिनेछ । निर्माता छविराज ओझाले चलचित्र बनाउने कुरा पहिले देखि नै सार्वजनिक गरेतापनि प्रहरीसँग ईजाजत नलिएकाले बिषयवस्तु भने गोप्य राखेका थिए ।
चलचित्रको निर्देशन ऋषी लामिछानेले गर्नेछन् । चलचित्रको लागत पनि यसअघि आफूले बनाएका सिनेमाको भन्दा धेरै हुने छविको दाबी छ ।

,

news and entertainment