नेपाली सिनेमाका चर्चित निर्देशक शम्भु प्रधान अमेरिकामा पछुताउदै
भनिन्छ, १२ बर्षपछि खोलो पनि र्फकन्छ । सायद यस्तै भयो नेपाली सिनेमाका चर्चित निर्देशक शम्भु प्रधानका लागि पनि । ‘बेहुली’, ‘आर्शिवाद’, ‘नेपाल प्यारो छ’, ‘१६ बर्षे जोवन’, ‘मायालु’ जस्ता हिट सिनेमा निर्देशन गरेका शम्भु एकाएक हराए । आज भन्दा १२ बर्षअघि चलचित्र ‘सन्यास’ बनाएपछि शम्भु प्रधान हराएका हुन् ।
तर उनको मन मानेन । सिनेमा नगरीबाट टाढा भएर, एक्सन र कट नभनी उनी बस्न सकेनन् । यसैले १२ बर्षपछि उनको मन फर्कियो, एक्सन र कटमा । आज उनी ‘रंग बैजनी’ सिनेमा बनाइरहेका छन् । उनले १२ बर्षभित्र केही कुरा त पाए, तर धेरै कुरा गुमाए । सिरियल बनाए, नुतन स्टूडियो बनाए, तर सिनेमा बनाएनन् । १२ बर्षमा सबैभन्दा धेरै गुमाएको कुरा नै यही हो ।
छोरी ईश्वरी प्रधानको बिबाहका लागि अमेरिका पुग्दा शम्भुले आफ्नो परिचय सिनेमा नगरीमा नै रहेको थाहा पाए । उनलाई अमेरिकामा पनि धेरैले निर्देशक शम्भु प्रधान नै भनेर चिने । उनले आफ्नो परिचय बिर्सिएको महशुश गरे, सिनेमा निर्माण व्यापार होइन रहेछ, शम्भुले बल्ल थाहा पाए ।
आज उनी पछुताएका छन् । तर पनि पछुतो मान्दै भएपनि उनी सिने नगरीमा आफ्नो परिचयलाई निरन्तरता दिन लागिपरेका छन् । जहाँ बसेपनि, जता गएपनि आफ्नो माटो भन्दा उपयुक्त केही हुँदैन भन्ने उनको वुझाई छ ।
सिनेमा नगरीमा प्राविधिक पाटोमा परिवर्तन आएको चर्चित निर्देशकको वुझाई छ । आज सिनेमा नगरीमा काम गर्न सजिलो भएको, नयाँ पिडीको वुझाई फराकिलो बनेको शम्भु बताउँछन् ।
आज उनी आफ्नै शैलीको सिनेमामा एक्सन कट भनिरहेका छन् ।
