प्रधानमन्त्रीले विदेशी राजदूतलाई थर्काए नेपाललाई प्रयोग गर्न नखोज्नुस्’
२०७१ बैशाख २६ गते
प्रधानमन्त्रीले भने– ‘नेपाललाई प्रयोग गर्न नखोज्नुस्’
काठमाडौं, २६ बैशाख । प्रधानमन्त्री सुशील कोइरालाले नेपाको पहिलो प्राथमिकता छिमेकी देश भएको स्पष्ट पारेका छन् । नेपालस्थित कुटनीतिक नियोगका प्रमुखका लागि बिहीबार आयोजित रात्रिभोजमा कोइरालाले छिमेकी देश विरुद्ध नेपाललाइ प्रयोगको कोसिस नगर्न चेतावनीसमेत दिएका छन् ।
परराष्ट्रमन्त्री महेन्द्रबहादर पाण्डेले नेपालस्थित कुटनीतिक नियोगका प्रमुखलाई बिहीबार याक एण्ड यती होटलमा रात्रिभोज आयोजना गरेका थिए । रात्रिभोजमा सम्बोधन गर्दै प्रधानमन्त्री कोइरालाले नेपालका छिमेकीको सुरक्षा रुचिविपरित हुने गरी आफ्नो भूमि प्रयोग गर्न नदिने बताएका हुन् ।
‘हाम्रो परराष्ट्र नीतिका प्राथमिकता छिमेकीहरुबाट सुरु हुन्छ’ प्रधानमन्त्री कोइरालाले भने, ‘यो हाम्रो एक सामान नीति रहँदै आएको छ की हामी हाम्रा छिमेकीको सुरक्षा रुचिविपरीत आप्mनो भूमी प्रयोग हुन दिंदैनौं ।’
उनले छिमेकीसँगको सम्बन्ध बलियो पार्न र आपसी फाइदाका लागि सहकार्य गर्न नेपाल सधैं तयार रहेको पनि बताएको आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
