सेकेन्ड ह्यान्ड सोफाबाट निस्कियो लाखौँको नगद


 (एजेन्सी)–तपाईं घरमा धेरैजसो सोफा सफा गर्नुहुन्छ होला । सफाईको दौरान धेरैपल्ट त्यहाँबाट पेन, सिक्का, रिमोट अथवा अन्य सामानहरु पाउनुहुन्छ होला । तर सोफा सफा गर्ने क्रममा लाखौँको रकम पाइने कुरा के तपाईं सोच्न सक्नुहुन्छ ? भर्खरै न्यूयोर्कको तीनजना कलेज विद्यार्थीहरुले पुरानो सोफा सफा गर्ने क्रममा ४१,००० डलर भेटेका छन् ।
न्यूयोर्क निवासी कलेजका विद्यार्थी रीस रेकहावेन र उनका दुईजना साथीहरु क्याली गुआस्टी र लारा रसोले २० डलर तिरेर एउटा सेकेन्डह्यान्ड सोफा ल्याएका थिए । यसको प्रयोग गर्नुभन्दा पहिले रीसले सोफालाई सफा गर्ने सोचे र सफा गर्दा गर्दै त्यसबाट एउटा खाम खस्यो ।
सोफाबाट निस्किएको खाममा लेखिएको नामबाट उनले थुप्रै मानिसहरुलाई भेटे र अन्ततः यी पैसाको मालिकलाई भेटे । पैसाको मालिक एक बुढी महिला थिइन् । ती बुढी महिलालाई चकित पार्नका लागि उनका छोराछोरीले आफ्नो घरमा भएको पुरानो सोफा बेचेर एक नयाँ सोफा किनेर ल्याए । उनको छोराछोरीहरुलाई के थाहा त्यो पुरानो सोफामा उनकी आमाले आफ्नो जिन्दगीभरको कमाई राखेकी छिन् भनेर ।
सोफा सफा गर्दा सुरुमा यिनिहरुले ७०० डलर पाएका थिए र पुरै सोफा खोजतलास गरिसकेपछि उनीहरुसँग ४१,००० डलर जम्मा भयो । पैसा पाइसकेपछि ती तीन विद्यार्थी यति चिच्याए कि उनका छिमेकीहरुले उनीहरुलाई चिट्ठा परेको सम्झे ।





,

news and entertainment