काठमाडौं- २ मा एमालेले कृष्णगोपाल श्रेष्ठलाई उम्मेदवार बनायो


काठमाडौं, जेष्ठ ९ - एमालेले संविधानसभा सदस्य उपनिर्वाचनका लागि चारै क्षेत्रमा उम्मेदवार छनोट गरेको छ ।

पार्टी मुख्यालय बल्खुमा शुक्रबार बसेको स्थायी कमिटी बैठकले काठमाडौं क्षेत्र नं. २ मा केन्द्रीय सदस्य एवं उपत्यका ईञ्चार्ज कृष्णगोपाल श्रेष्ठलाई उम्मेदवार बनाएको छ । उनी पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौं- ९ बाट पराजित हुन् ।
uml
यसैगरी एमालेले चितवन क्षेत्र नं. ४ मा मुक्ति शर्मा, बर्दिया क्षेत्र नं. १ मा श्याम ढकाल र कैलाली क्षेत्र नं. ६ मा महेश्वर पाठकलाई उम्मेदवार बनाएको छ ।

चारमध्ये दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौं- २ र बर्दिया- १ मा एमालेले जितेको थियो । दोस्रो संविधानसभा निर्वाचनमा कैलाली- ६ मा कांग्रेसका शेरबहादुर देउवासँग पराजित पाठकलाई एमालेले उम्मेदवार बनाएको छ ।

कांग्रेसले यसअघि नै चारै क्षेत्रमा उम्मेदवार छानिसकेको छ । एमाओवादीले यसअघि पराजितलाई नै चारै क्षेत्रमा उम्मेदवार बनाउने तयारी गरेको छ ।

निर्वाचन कार्यक्रमअनुसार असार ८ गते हुने उपनिर्वाचनका लागि जेठ ११ गते उम्मेदवार मनोनयन हुँदैछ ।

,

news and entertainment