तेरिया मगरलाई नेपालमा भब्य स्वागत

भारतीय टिभी च्यानल जी टिभीबाट प्रसारण भइरहेको रियालिटी शो डान्स इण्डिया डान्स लिटिल मास्टरको सिजन ३ की प्रतियोगी नेपाली चेली तेरिया मगर नेपाल आएकी छिन् ।


नेपालको रुपन्देही जिल्ला रुद्रपुरकी टेरिया यस सिजनको उत्कृष्ट दशमा पुगिसकेकी छिन् । उनी आज दिउँसो २:३० मा त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा झरेकी हुन् ।

निर्णायक टोलीबाट पनि राम्रो कमेन्ट पाउँदै आएकी तेरियाको नेपालमा पनि धेरै प्रशंसक रहेका छन् ।

अहिले उनको स्वागतको लागि त्रिभुवन विमानस्थलमा शुभचिन्तकहरुको भीड लागेको डिसीनेपाल डटकमका संवाददाता दिपेश राजथारुले बताएका छन् ।

,

news and entertainment