रणबीर–कट्रिना इन्गेजमेन्टको तयारीमा
(एजेन्सी)– केहि दिन पहिले मात्र बलिउड अभिनेता रणबीर कपुर र अभिनेत्री कट्रिना कैफको बिछोडको समाचार पढ्न पाइएको थियो । तर ट्विटरमा लिक भएका उनीहरुको तस्बिरले उनीहरुको बिछोड नभई भरपुर प्रेमसम्बन्धमा रहेको देखाएको छ ।
आफ्नो फिल्म ‘जग्गा जासुस’ को सुटिङका लागि रणबीर – कट्रिना साउथ अफ्रिकामा छन् । सुटिङको बहानामा उनीहरु हातमा हात मिलाउँदै आफ्नो रोमान्टिक पलहरु व्यतित गरिरहेका छन् । स्रोतका अनुसार उनीहरु दुबैजनालाई साउथ अफ्रिकामा सपिङ गरिरहेको देखिएको थियो ।
स्मरण रहोस्, केहि समय पहिले कट्रिनाले बिकिनी लगाएर रणबीरसँग समुन्द्रि तटमा खिचेका तस्बिरहरुले मिडियामा निकै हो–हल्ला मच्चाएको थियो । उक्त समाचारलाई खण्डन गर्दै कट्रिनाले मिडियालाई खुला पत्र पनि लेखेकी थिइन् । तर यसपटक फेरि यस्तै खबरले मिडिया तातेको छ ।
हुन त कट्रिनाले रणबीरलाई आफ्नो फिल्मको को–स्टार मात्र बताउँदै आएकी छिन् तर उनले कहिले पनि आफ्ना अरु को–स्टारहरुसँग हातमा हात मिलाएर सामान किनिरहेको देखिइनन् । सलमानसँग सम्बन्ध हुँदासमेत उनी यस्तो तरिकाले कहिले पनि प्रस्तुत भइनन् ।
उनीहरुले आफ्नो सम्बन्धको बारेमा मिडियासँग कहिले पनि खुलेर नबताए पनि उनीहरुको लिक भएको तस्बिरले उनीहरुमा निकै सामिप्यता रहेको आभाष गराउँछ ।
स्रोतलाई मान्ने हो भने उनीहरु सुटिङको बहाना गर्दै आफ्नो इन्गेजमेन्टको तयारीमा जुटेका छन् । उनीहरुले छिट्टै नै आफ्नो इन्गेजमेन्टको मिति तय गर्ने र यसलाई सार्वजनिक गर्ने बताइएको छ ।

