कसरि र किन लियो बोबाईल ले ज्यान जानी राखौ !!

 काठमाडौं : दुई महिनाअघि मात्रै काठमाडौं आएका पर्सा बिरुवागुठीका सीताराम पराजुलीले मोबाइल फोनकै कारण ज्यान गुमाउनुपरेको छ। राजधानीको तीनकुनेस्थित एक संस्थामा सोमबारदेखि सेक्युरिटी गार्डको काम थालेका पराजुली राति मोबाइलमा कुरा गर्दै कौशलटारस्थित डेरातर्फ लागेका थिए।

जडीबुटीस्थित आकाशे पुलनजिक दुई युवाले उनको मोबाइल फोन खोस्ने योजना बनाए। मोबाइल खोस्न सुनसरी बराहका निकेश राई र जडीबुटीका माइला खड्गीले पराजुलीलाई छिर्किने लगाएर भुइँमा लडाए। पराजुली पछारिएपछि राई र खड्गी मोबाइल खोसेर भागे।

घाइते भएका पराजुलीलाई स्थानीय बासिन्दाले उपचारका लागि वीर अस्पताल पु:याए पनि चिकित्सकले उनलाई बचाउन सकेनन्। मंगलबार बिहान पराजुलीको मृत्यु भयो।

राई र खड्गीलाई मंगलबार अपराह्न १ बजे प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी अपराध महाशाखाका डीएसपी देवेन्द्र पालका अनुसार उनीहरूले मार्ने नियत नभए पनि मोबाइल खोस्ने क्रममा भुइँमा लडाएर भागेको स्वीकार गरेका छन्। राई र खड्गीबाट पराजुलीले प्रयोग गर्दै आएको मोबाइल र सिमकार्ड बरामद भएको छ।

,

news and entertainment