एसएलसी प्रिन्सेसको उपाधि एलिसालाई (फोटोफिचरसहित)
काठमाडौँ । यसवर्षको एसएलसी प्रिन्सेसको उपाधि काठमाडौँ वनस्थलीकी एलिसा श्रेष्ठले जितेकी छन् ।
सिजन मिडियाले आयोजना गरेको प्रतियोगितामा ५१ प्रतियोगीलाई पछि पार्दै श्रेष्ठले उपाधि जितेकी हुन् । उपाधिसँगै श्रेष्ठले टीभीएस ब्रान्डको स्कुटर, चार लाख बराबरको छात्रवृत्ति लगायतका उपहार हात पारेकी छिन् ।
त्यसैगरी प्रतियोगिताको फस्ट रनरअप काठमाडौँकी अनुस्का थापाले हात पारिन् भने सेकेन्ड रनरअप काठमाडौँकै निलुपा थापाले चुमिन् । प्रतियोगितामा विभिन्न विद्यालयका एसएलसी दिएका ५२ जना युवतीले सहभागिता जनाएका थिए ।