काठमाडौं, जेठ २९ – नवोदित अभिनेतृ सजना थापा ‘रोज’को अपहरण गरिएको छ । एक पटक हैन, उनको दुृई दुई पटक अपहरण भएको छ । वास्तविक जिवनमा भने हैन नी । यही कार्तिकमा प्रदर्शनमा आउन लागेको चलचित्र ‘कैफीयत’मा खलनायकले उनको अपहरण गर्छन् । दशरथ गिरिको निर्देशन तथा धन देवकोटा र चिन्तामणी बरालको निर्माणमा प्रर्दशोन्मुख चलचित्र ‘कैफीयत’ सजनाको पहिलो चलचित्र हो । यसमा उनी अर्की नायिका नन्दीता केसीका साथ देखा परेकी छन् । मोडलीङमा जमेकी सजनालाई चलचित्रको पहिलो अनुभव कस्तो रह्यो त ? भन्छीन्, ‘आम्मै, मलाई त धेरै रमाईलो लाग्यो । धेरै जनास“ग एउटै युनिटमा रहेर काम गर्दा धेरै कुरा सिक्ने मौका पनि पाए“ ।’ हालै मात्र ‘कैफीयत’को छायांकनका क्रममा पोखरामा २७ दिन बिताएर आएकी सजनालाई महसुस भएको छ, डान्स र अभियन नसकी चलचित्रमा जम्न कठिन छ । त्यसैले उनी बागबजारको राजधानी कला केन्द्रमा नृत्य र अभिनय प्रशीक्षणमा जुटेकी छन् । ‘हामीले सुटीङको क्रममा पोखरामा २७ दिन बितायौं, म जति दिन त्यहा“ रहें, हरेक दिन मेरो लागि स्पेशल रह्यो’, उनी भन्छीन् । मकवानपुरको आग्रा, १ घर भएकी सजना देशमा केही गर्ने सपना बोकेर काठमाडौं अँएकी हुन् । मोडलीङ र अभियनमा लाग्ने उनको बाल्यकालदेखीकै शोख हो । ‘जुन दिनदेखी यो क्षेत्रलाई नजिकबाट बुझे त्यसबेलादेखी प्यासनकै रुपमा अघि बढाइयो’, फरासीली स्वभावकी सजना भन्छीन् । अब चलचित्र क्षेत्रमै जम्ने उनको सुर छ । ‘अरु बिकल्प त सोचैकै छैन्’, मास कम्युनिकेशनकी यी छात्रा सजना
भन्छीन् । प्रेमको बारेमा सजनाको स्पष्ट सोच छ । भन्छीन्, ‘म लभको पुजारी हु“, त्यसैले म लभ म्यारीजको पक्षमा छु, यसमा विश्वास गर्छु ।’ उनको विचारमा लभ म्यारीज भनेको साचो विश्वासको एक बन्धन पनि हो । अहिलेसम्म उनको ब्वायफ्रेण्ड छ की छैन त ? यसमा उनी अली भावुक हुन्छीन् । गुलावी ओंठ अझ रातो पार्दै भन्छीन्, ‘चोखो माया लाएकै हो लाइन भनु कसरी ? ज्यान फालेर धाएकै हो, धाइना भनु कसरी ? उनलाई धोकेबाज भन्न मन त छैन, तर धोका खाइन भनु कसरी ? अब आफै बुझ्नुस ब्वायफ्रेण्ड छ की छैन ?’
अभिनेतृ सजनाको अपहरण
news and entertainment
