महिलाहरु भन्छन्,‘सारुख सबैभन्दा राम्रो पिता’

काठमाण्डौ, १ असार । बलिउडका किङ खान सारुख र अमेरिकाका राष्ट्रपति बाराक ओबामाबिच एउटा कुरा समान रहेको छ । सारुख खान र बाराक ओबामा दुवैजना आफ्ना सन्तानहरुलाई धेरै माया मान्ने गर्छन् ।
दुवैजनालाई एकदम अनुशरणीय व्यक्तित्वका रुपमा हालै एक मेट्रीमोनयल वेवसाइट,‘सादी डट कम’ ले एक अध्ययनले देखाएको छ । ४२.५ प्रतिशत महिलाहरुले सारुख खानलाई सबैभन्दा राम्रो र चर्चीत पिता भएको निष्कर्ष निकालेको छ ।
जब यही प्रश्न विश्वभर गरिएको थिया त्यसमा बाराक ओबामालाई ४०.३ प्रतिशत महिलाहरुले रोजेका थिए । त्यस्ते भारतका चर्ची क्रिक्रेटर सचिन तेन्दुकर दास्रो स्थानमा देखिए । उनले ३६.९ प्रतिशत महिलाले भोट गरेका थिए । त्यस्तै तस्रो स्थानमा अमिताभ बच्चनको नाम आएको छ । उनलाई २०.६ महिलाहरुले भोट गरेका थिए ।
त्यस्तै अन्तराष्ट्रिय परिदृश्यमा ओबामा पछि विश्व चर्चीत एक्टर विल स्मिथ (३१.४ प्रतिशत), विश्व चर्चीत फुटबलर डेबिड व्याकह्याम (१५.२ प्रतिशत), टेनिस खेलाडी रोजर फेडरर (१३.१) रहेको छ । यस अध्ययनका ५५०० जना महिलाहरु लिइएको थियो ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस्:

, ,

news and entertainment